Logo

काठमाडौंका वडा सदस्य सत्यालको निधन


५ बैशाख ०७९, काठमाडौं । काठमाडौँ महानगरको वडा ३० का सदस्य निरजराज सत्यालको आइतबार निधन भएको छ । २०३३ साल असार ०८ गते काठमाडौँमा जन्मिएका सत्यालको आइतरबार राती करिव १० बजे निधन भएको हो । मैतिदेवी सिद्धि मार्गमा बसोबास गर्दै आएका सत्याल गएको २ बर्षदेखि क्यान्सरको उपचार गराइरएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट प्रतिस्पर्धा गरेर उनी वडा सदस्य पदमा निर्वाचित हभएका थिे ।
वडा ३० का सदस्य मनोजकुमार डंगोलकाअनुसार आज विहान ८ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार सम्पन्न गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका सत्याल बैशाख २ गते नियमित जाँचका लागि अस्पताल गएका थिए । त्यसअघि चैत २२ गते आकस्मिक कक्षमा भर्ना भएर उपचार गराएका थिए । उनले उपचारका विषयमा सामाजिक सञ्जालमा लेख्ने गरेका थिए । उनको खुट्टामा ट््युमर देखिएपछि उपचार सुरु गरिएको थियो । अन्त्यमा यही ट््युमर उनको मृत्युको कारण बन्यो ।
सत्यालकाका पिताको निधन भएको १ बर्ष पुग्न बाँकी नै छ । उनी आमासँग मैतीदेवीमा बस्दै आएका थिए । वडासदस्य डंगोलकाअनुसार सत्यालले छोरीलाई मामाघरमा राखेका थिए । छोरीको स्याहारका लागि उनकी श्रीमति माइती घरमै बस्थिन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्