Logo

भक्तपुरमा बिस्केट जात्राको रथले च्यापिँदा ७१ वर्षीय दुर्गामान कस्पालको मृत्यु

५ वैशाख ०७९,भक्तपुर। भक्तपुरमा बिस्केट जात्राको रथको पाङ्ग्राले च्यापिएर एक जनाको मृत्यु भएको छ । बिस्केट जात्राको अन्तिम दिन सोमबार दिउँसो गहिटीबाट बंशगोपालतर्फ लैजाँदै गरेको रथ नासमाना चोकमा पुग्दा सूर्यविनायक नगरपालिका–५ का ७१ वर्षका दुर्गामान कस्पाललाई पाङ्ग्राले चेपेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पांग्राले चेपेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ६ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्