पाल्पाबाट काठमाडौं ल्याएर बलात्कार

६ वैशाख ०७८, काठमाडौं । अलाइन गेम ‘फ्रि फायर’ खेल्नेक्रममा चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौको मातातीर्थबाट २७ वर्षीय एक युवकलाई पक्राउ गरेको छ।
प्रहरी परिसर काठमाडौं र मातहतका वृत्त तथा प्रभागबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका ८ मातातीर्थ घर भएका उदासलाई सोही ठाउँबाट पक्राउ गरेको हो।