Logo

सिन्धुपाल्चोकमा भिरबाट लडेर दुर्गा सिं बस्नेतकाे मृत्यु

८ वैशाख ०७९, सिन्धुपाल्चोक ।  स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाका लागि म्यादी प्रहरीमा नियुक्त भएका एक युवाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका दुर्गा सिं बस्नेतको लडेर मृत्यु भएको हो ।

बस्नेत चैत २८ गते म्यादीको प्रशिक्षणमा थिए । बुधबार प्रशिक्षण सकेर उनी घर गएका थिए । आज (बिहीबार) घरबाट फर्कने क्रममा भीरबाट उनी लडेको प्रहरीले जनाएको छ ।

४० वर्षीय बस्नेत चौतारा नवलपुर सडक खण्डको डिलबाट अन्दाजी ४० मिटर तल खसेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

चौतारा अस्पतालमा पोष्टमार्टम लगायतको कार्य सम्पन्न भएपछि शव आफन्तले जिम्मा लिई गएका थिए ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्