Logo

काठमाडौँ महानगरको सवै जनप्रतिनिधिले दिए पदबाट राजीनामा

८ बैशाख २०७९, काठमाडौं । काठमाडौँ महानगरको ७५ औँ कार्यपालिका बैठकमा वडाध्यक्ष तथा वडा सदस्यहरुको राजीनामा दिएको छन् ।
संविधानको व्यवस्थाबमोजिम आजको बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट १ जनालाई कार्यवाहक दिने निर्णय गरेको छ । यदि वडाका सबै जनप्रतिनिधिबाट राजीनामा पेश भए वडा सचिवलाई कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने अधिकार दिने निर्णय भएको हो ।
बैठकमा योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्रविलास बज्राचार्यले स्थानीय तह संस्थागत स्वमूल्याङ्कनको नतिजा पेश गरेका थिए । स्वमूल्याङ्कन सम्बन्धी कार्यविधिमा भएका सूचकका आधारमा गरिएको आन्तरिक मूल्याङ्कनबाट ६०.७५ अङ्क प्राप्त भएको छ । यो नतिजालाई बैठकले अनुमोदन गरेको छ ।
नेपालको संविधानको धारा ११५ को उपदफा ८ मा जनप्रतिनिधि पदमा रहन नसक्ने अवस्थाका बारेमा व्यवस्था छ । यसरी पदमा रहन नसक्ने अवस्थामा प्रमुखले उपप्रमुखसमक्ष तथा उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले प्रमुखसमक्ष राजीनामा दिनुपर्दछ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार बन्न राजीनामा दिनु पर्ने अहिलेको अवस्थामा वडाअध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ मा कार्यवाहक भइ काम गर्ने अवस्था सम्बन्धी व्यवस्था छ । जसमा वडाध्यक्षले राजीनामा दिए, वडा सदस्यमध्येबाट कार्यवाहक दिन सकिन्छ । सबै जनप्रतिनिधिले राजीनामा दिए कार्यवाहक अध्यक्षका विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्न सक्छ ।

आजको बैठकले नन्दी रात्री माध्यमिक विद्यालय, नक्सालमा राजेश हुमागार्इँ र महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा धर्मेन्द्र खकुरेललाई प्रधानाध्यापकमा गरिएको नियुक्ति बैठकले अनुमोदन गरेको छ । विद्यालय निरीक्षक, विज्ञ र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको ३ सदस्यीय शिफारिस समितिबाट शिफारिस भइ आएको उम्मेदवारलाई शिक्षा विभागले कार्यपालिकामा पेश गरेको थियो ।
बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरु सहभागी थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्