Logo

सिन्धुपाल्चोकमा २ जनाको दुर्घटनामा मृत्यु


९ वैशाख ०७९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको फरक फरक स्थानमा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार चौतारा साँगाचोक गढी नगरपालिका ६ पिपल डाँडास्थित कच्ची सडकबाट करिब ५० मिटर तल लडेर सोही ठाउँ साउनेपानी बस्ने ४० वर्षीय दुर्गा सिंह बस्नेतको बिहीबार बिहान मृत्यु भएको हो ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० भञ्ज्याङ बस्ने ५२ वर्षीया पम्फा कार्की घरबाट ६ सय मिटर टाढा बाटोमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्