Logo

हरिसिद्दिबाट बाल यौन दुव्र्यवहारको आरोपमा युवक पक्राउ

साँकेतिक तस्विर : इन्टरनेट

९ वैशाख ०७९, ललितपुर । हरिसिद्दिबाट बाल यौन दुर्व्यवहार गरेको अभियोगमा ललितपुर एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका ७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरेलाई बुधबार दिउँसो प्रहरीले बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ ।
घिमिरेले ९ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको सूचनापछि प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्