Logo

गोठाटार बस्ने गौतमलाई बैंकिङ कसुरमा पक्राउ

९ वैशाख ०७९, काठमाडौं  ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्‍वरी मनहरा नगरपालिका-९ गोठाटार बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-४ स्थायी वतन भएका ४२ वर्षीय वीरेन्द्र कुमार गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २३ गतेको फैसलाले ४ दिन कैद, ७ लाख ९१ हजार रुपैयाँ जरिवाना र ३१ हजार ६ सय ६० रुपैयाँ क्षतिपूर्ति तोकिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले गोठाटारबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्