Logo

पेप्सीकोलामा रोकिराखेको जीपमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

स्केजः कोपिला दुलाल

९ वैशाख ०७८, काठमाडौं ।  पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीकोट तिलागुफा नगरपालिका घर भई कोटेश्वर बस्दै आएका २० वर्षीय धर्मेन्द्र बम रहेका छन् ।
बिहीबार राति बमले चलाएको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल जडीबुटीबाट पेप्सीकोला जाने क्रममा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जीपमा ठोक्किएको हो।

जीपमा मोटरसाइकल ठोक्किँदा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय घाइते जगदिश शाहीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेकोछ ।
दोलखा घर भई हाल लोकन्थली बस्दै आएका ४६ वर्षीय जीप चालक देवेन्द्र भुजेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्