Logo

मदन भण्डारी र जीवराज आश्रितकाे सालिक ताेडफाेड

९ वैशाख ०७८, काठमाडौं । हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ।

गएराति पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड भएकाे हाे । मदन भण्डारीकाे सालिककाे शिर भाँचेर खाेलामा फालिएकाे र आश्रितकाे पूरै सालिक उखेलेर फालिएकाे अवस्थामा भेटिएकाे हेटाैँडा-९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्