मस्जिदमा अज्ञात समूहकाे आक्रमण
९ वैशाख ०७८, काठमाडौं । दाङको एक मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेका बेला अज्ञात समूहले गरेको आक्रमणमा परी ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सात जनाको अवस्था समान्य छ । अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेको हो ।
घाइतेहरूमध्ये ४ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।