Logo

पात टिप्न जाँदा भीरबाट लडेर मृत्यु


१० वैशाख ०७९, धादिङ । गजुरी गाउँपालिका ५ गलौदीस्थित जंगलको भिरबाट लडेर यसै ठाउँ बस्ने ५२ वर्षीया दिलकुमारी श्रेष्ठको शुक्रबार बिहान मृत्यु भएको छ ।
जंगलमा सालको पात टिप्न गएको अवस्थामा भिरबाट लड्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि ट्रमासेन्टर काठमाडौं लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्