Logo

‘महालक्ष्मीमा धेरै विकास भइसक्यो, अव बजेट खर्च गर्ने ठाँउ छैन’


१० बैशाख ०७९, ललितपुर । महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठले महालक्ष्मी नगरपालिकामा विकाशका धेरै ओटा परयोजना पुर भएको र केही टेण्डर भइसकेको हुँदा आगामी दिनमा बजेट कहाँ खर्च गर्ने भनेर ठाँउ खोज्ने दिन आउन लागेको बताएका छन् ।
मेयर श्रेष्ठले नगरका २२ ओटा सडकहरु टेण्डर भईसकेको, मुख्य २ सडकको डिपीआर तयार रहेका र सबै सडकहरु कालोपत्रे भईसकेकाले अबको नयाँ नेतृत्वले पैसा कहाँ राख्ने भन्ने अवस्था आउँने बताए ।
शनिवार नेकपा एमाले महालक्ष्मी नगरपालिका ५ नं वडाको कार्यकर्ता भेला एंवम् भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले मुलुकको भलाईका लागि गठबन्धनलाई पराजय गरी एमालेलाई बिजयी गराउन जरुरी रहेको बताएका छन् ।
महालक्ष्मी नगरपालिका वडा नं ५ एमालेको लालकिल्ला रहेकाले यसको बर्चस्वलाई कायम गर्न निर्वाचन थालनी र उद्घोष भएको उल्लेख गरे ।

अर्थतन्त्र धरायसी हुँदै गएको र देशलाई श्रीलंकाको तरिकाले अगाडि बढाउदै लगेकाले लाचार सरकारको बिरुद्ध आन्दोलन गर्न जरुरी रहेको उल्लेख गर्दै संघीय सरकारले विकास विरोधी काम गरिरहेको, न्यून विकास बजेट २७ प्रतिशतमात्रै खर्च गर्न सकेकाले मुलुकको बिकासका लागि एमालेको सरकार अपरिहार्य, नितान्त जरुरी रहेको उनले बताए ।
महालक्ष्मी नगरपालिकाले बिकास निर्माणमा असल अभ्यास सुरु गरेको, अब्बल र सबल किसिमले शिक्षामा रोजगारी दिएर, बृद्दको लागि स्वास्थय कार्यक्रम, एक घर एक धाराको अबधारणामार्फत मेलम्चीको पानीको सर्भे डिपिआर सकेको, टेण्डर गर्दा अर्थमन्त्रीले रोकेको आरोप लगाए ।
एमाले वाग्मती प्रदेश २ क का ईन्चार्ज चिरञ्जीवी आचार्यले महालक्ष्मीको विकासको आधार बनिसकेकाले नमुना नगरपालिका भएर चलाउन आगामी नेतृत्व सफल हुने बताए ।
२२ मिटरको चौडा सडकमा सिंगो सूर्य चिन्हको पक्षका रहदा गठबन्धनको सातोपुत्लो उडेको बताए ।
एमालेलाई सिध्याउन देशी बिदेशी शक्तीहरु बढीरहेको र एमालेप्रति बढीरहेको क्रेजलाई घटाएर लैजानेगरी षडयन्त्र भईरहेकाले यसलाई परास्त गर्न जरुरी रहेको आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्