Logo

काठमाडौंका धारामा मेलम्चीको पानी, दैनिक १९ करोड लिटर पानी वितरण गरिने

११ वैशाख ०७९, काठमाडौं ।  मेलम्चीको पानी आजदेखि काठमाडौं उपत्यकावासीको घरघरमा आइपुग्ने भएको छ । आज बिहान महाङ्कालचौरमा पानी आइपुग्ने र दिउँसोदेखि वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । अहिले धेरैजसो ठाउँमा नयाँ पाइपको परीक्षण बाँकी रहेकाले पुरानो पाइपबाटै पानी पठाउने तयारी छ ।

विगतमा सुन्दरीजलबाट ल्याएको पानी केयूकेएलले महाङ्काल, बालाजु, बाँसबारी, खुमलटार, बानेश्वर, बोडे र कीर्तिपुरसम्म पुर्याएको र यसपालि पनि ती गाउँमा पानी पुर्याउने लक्ष्य राखिएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

केयुकेएलका कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाइपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने बताए। उनले काठमाडौंको नयाँ १ लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिए।

उनले काठमाडौं उपत्यकाको ४३ लाख जनसंख्यालाई लक्षित गरेर केयुकेएलले काम गरिरहेको भए पनि हाललाई ४ सय १० किलोमिटर पाइपलाइनमा मात्र पानी वितरण हुने जानकारी दिए। आइतबारदेखि केयुकेएलले महाँकाल चौर, मिनभवन, अनामनगर, बाँसबारी, महाराजगंज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमिको तिगेरी र कटुन्जे रिजर्भ्वायर ट्यांकीबाट पानी वितरण गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्