Logo

भक्तपुरमा तालमेलः सबै पालिका प्रमुख कांग्रेसलाई

११ वैशाख ०७९, ललितपुर । भक्तपुरमा पाँच दलीय सत्तागठबन्धनबीच चुनावी तालमेल गर्ने विषयमा भागवण्डा मिलेको छ ।
सहमति अनुसार भक्तपुरका तीन वटै पालिका भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका र सुर्यविनायक नगरपालिको प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसले उम्मेदवारी दिनेछ ।

भक्तपुर नगरपालिका र सुर्यविनायक नगरपालिकाको उपमेयरमा नेकपा एकीकृत समाजवादी र मध्यपुर थिमि नगरपालिको उपमेयर नेकपा माओवादी केन्द्रले लिनेछ ।

प्रतिक्रिया दिनुहोस्