Logo

मकवानपुर एमालेद्वारा मनहरी र भीमफेदीमा उम्मेदवारी दर्ता


११ वैशाख ०७९, हेटौंडा । वैशाख ३० गतेबाट हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको मनहरी र भीमफेदी गाउँपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको हो ।
आज पहिलो दिन बाजागाजा एवं ¥यालीसहित गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी दर्ता गरिएको हो । एमालेबाट मनहरीको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दर्ता गराएका छन् भने भीमफेदीको अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
मकवानपुरमा रहेको बाँकी ८ वटा पालिकामा सोमबार उम्मेदवारी दर्ता गर्ने नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्