Logo

मध्यपुर थिमीमा ज्वाइँ जेठानको भीडन्त

१२ वैशाख ०७९, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुन् ।

मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुन् ।

मदनसुन्दर वर्तमान मेयर पनि हुन् । नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो ।

मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि कांग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए । नेपाल मजदुर किसान पार्टीसँंग गठबन्धन गरेर मदनसुन्दर मेयरमा विजयी भएका थिए ।

उक्त बेला एमालेबाट मदनसुन्दर मेयर र नेपाल मजदुर किसान पार्टीबाट उपमेयरको भागवन्डा लगाइएको थियो । तर, नेपाल मजदुर किसान पार्टीबाट उपमेयरका उम्मेदवार पराजित भएको थियो । यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र नेपाल मजदुर किसान पार्टी वढी बलिया दलहरू हुन् ।

प्रतिक्रिया दिनुहोस्