Logo

कोञ्ज्यासोमका कांग्रेस उपसभापतिसहित २५ जनाको संयुक्त राजीनामा


१२ वैशाख ०७९, ललितपुर । ललितपुरको कोञ्ज्यासोम गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति सुरेन्द्र बहादुर घलान लगायत २५ जना नेताहरु संयुक्त रुपमा राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचनका लागि पार्टीबाट उम्मेदवारीको टिकट वितरण गर्दा मनोमानी ढंगले वितरण गरेको भन्दै उनीहरुले संयुक्त रुपमा राजीनामा दिएका हुन् । राजीनामा दिनेमा इकाई सभापति देखि सचिव, उपसचिव, कोषाध्यक्ष, सदस्य, क्षेत्रीय सदस्य लगयातका रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्