Logo

ललितपुरमा उम्मेदवारी दर्तापछि चिरिबाबु र हरिकृष्णले गरे आफैले जित्ने दावी

१३ वैशाख ०७९, ललितपुर । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार र गठबन्धनकातर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गरेपछि आफूले नै मेयर पदमा जित्ने दावी गरेका छन् ।
सोमबार जावलाखेलस्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि एमालेका प्रत्यासी व्यञ्जनकारले भने, अघिल्लो पल्ट मैले नै जितेको थिए । अदातलमा मुद्दा छ । त्यसबेला धाधँली भयोा ।
उनले यस पल्ट आफूले जित्ने अवस्था रहेको बताए । भने, यो पल्ट मैले नै जित्छु ।
उता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका चिरिबाबु महर्जनले हार्नका लागि कोही चुनावी मैदानमा नआउने बताउदै भने, ‘अघिल्लो पल्ट पनि मैले नै जिते । यो पल्ट पनि मेरो जित सुनिश्चित छ ।’
उम्मेदवारी दर्ता गर्नुअघि एमालेका हरिकष्ण व्यञ्जनकार र गठबन्धनका उम्मेदवार चिरिपवावु महर्जनले बाजागाजा सहित ¥यालीमा सहभागी भएर उम्मेदवारी दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्