Logo

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

१३ वैशाख ०७९, भक्तपुर ।  भक्तपुरमा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार राति साढे १२ बजे थिमि नगरपालिकाको चारदोबाटोमा बा ४ ख ८५८१ नम्बरको टिपरले वाग्मती प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रे घर भइ अहिले भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षका ज्ञानेन्द्र मल्ल ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ठकुरीको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्