Logo

२६१ कोरोनाका सक्रिय संक्रमित, १० जना थपिए

१३ वैशाख ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जना कोभिड–१९ संक्रमित थपिएका छन् । पाँच हजार २२६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर १८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६१ छ । यो अवधिमा ८६ हजार १३६ हजारजनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्