Logo

काठमाडौंको रानीबारी र वालकोटमा चोरी


१४ वैशाख ०७९, काठमाडौं । काठमाडौंको रानीबारी र भक्तपुरको वालकोटमा चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ रानीबारीस्थित सविन श्रेष्ठको जेम्स फार्मेसीबाट सटर फुटाई मेडिकलको घर्रा र ब्यागमा रहेको करिब ३ लाख ५० हजार रुपैयाँ नगद सोमबार चोरी भएको छ ।
सूर्यविनायक नगरपालिका २ बालकोट अधिकारी टोल बस्ने ३३ वर्षीय किरण राज उप्रेतीको घरबाट सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब २५ लाख ८८ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
घटनाहरुका सम्बन्धमा सूचनापछि प्रहरी वृत्त ठिमी र गौशालाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्