Logo

वडाध्यक्ष जिते ललितपुरको सैंबुमा चौविसै घण्टा डाक्टर राखेर उपचारमा खटाउने खड्काको योजना


१४ वैशाख ०७९, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका नं १८ का वडाध्यक्ष पदका उम्मेदवार दामोदर खड्काले आसन्न निर्वाचनमा विजयी भए टोलमा चौविसै घण्टा डाक्टर राखेर उपचारको व्यवस्थ ागर्ने बताएका छन् ।
आसन्न निर्वाचनका सन्दर्भमा कुरा गर्दै खड्काले
हरेक घरमा एक वर्ष भित्र पानीको धारा जडान गरी पानीको सुविधा पु¥याउने, हरेक घरमा सवारीसाधन पुग्न सक्ने पक्की सडकको निर्माण गरिने, वडावासीलाई विभिन्न किसिमको सिपयुक्त तालिम प्रदान गरिने, वडा भित्र प्राथमिक तहदेखि स्नात्तकोतर तहसम्म ‘शैक्षिक विकास कोष’ खडा गरी निःशुल्क शिक्षा प्रदान गरिने, वडामा रहेका साना किसानका हितमा ‘किसान विकास कोष’ खडा गरी रु दुई लाख देखि १० लाख सम्मको निब्र्याजी ऋण प्रदान गरिने, वडा भित्र करेसाबारी तथा तरकारी व्यवसाय गर्नेका लागि बीउबिजन र विरुवा बिना शुल्क उपलब्ध गराइ त्यसको उत्पादनलाई पटक पटक निरीक्षण र अनुगमन गरी हप्ताको एक दिन हात बजार सञ्चालन गरिने, वडा भित्रका बस्तीलाई आवश्यकता अनुसार सांस्कृतिक रुपमा सजाइने, वडाका सामुदायिक विद्यालयलाई निजी सरह स्तरीकरण गर्दै अङ्ग्रेजी माध्यमबाट अध्ययन तथा अध्यापन गराउनका लागि शिक्षक लगायत आवश्यक भौतिक संरचनाको समेत व्यवस्था गरिने आफ्नो योजना रहेको खड्काले जानकारी दिएका छन् ।
बढ्दो सहरीकरणका कारण वडामा स्वच्छ तथा हरियाली कायाम गराउन वृक्षरोपण गर्ने बेरोजगार युवालाई वडामा संचालित होटल र रेष्टुरेष्टमा रोजगारी दिने युवालाई निजामती,सेना तथा प्रहरीमा भर्ति हुन आकर्षित गराइने उनले योजना सार्वजनिक गरेका छन् । वडामा बसाई सरेका आएका धेरै स्थानीयले एमाले रोज्ने कारण आफ्नो जित सुनिश्चित रहेको उनको दावी छ ।
विसं २०३१ सालदेखि राजनीतिक यात्रामा अघि बढेका खड्का २०३५–२०३६ सालमा बहुदलिय व्यवस्थाको लागि संर्घषका क्रममा घाइते समेत भएका थिए । उनीसँग २०४९ सालमा तत्कालीन सैंबु गाविसको वडाध्यक्ष जितेका खड्का जिल्ला विकास समितिका सदस्यको रुपमा २०४९ र ५४ सालमा काम गरेको अनुभव छ ।
जिल्ला विकास समिति सदस्य, १० वर्ष नगर विकास समिति अन्तर्गत सैंबु आवास आयोजनाको बोर्ड सदस्यको रुपमा गरेका उनको शुरुमा सैंबु विकासका लागि रु एक करोड बजेटबाट थालिएको काममा पछि बिसौँ करोड बजेट भित्र्याउन आफू सफल भएको उनको दाबी छ ।
खड्कालाई २०६२–२०६३ सालको जनआन्दोलनमा प्रहरीले पक्राउ गरी दुवाकोटको शसस्त्र प्रहरी कार्यालयमा १९ दिन बन्दीका रुपमा राख्दा त्रासतिपूर्ण जीवन बिताउन बाध्य भएका थिऐ ।
यसअघि नेकपा एमाले जिल्ला कमिटी सदस्य हुदै हाल बागमती प्रदेश कमिटीे सचिवालय सदस्यको भूमिकामा छन्।
सो पटक निर्वाचनमा आफू विजय भए कनै सरकारी सुविधा,पारिश्रमिक तथा भत्ता नलिने उनले घोषणा गरे

प्रतिक्रिया दिनुहोस्