Logo

डुकुछापको दनुवार बस्तीमा बाल विवाहविरुद्ध अभियान चलाउदै सगरमाथा आरोही कल्पना


१५ वैशाख ०७९, काठमाडौं । ललितपुर गोदावरीको
डुकुछाप बस्तीबाट बिश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले बालबिवाह रोकथाम अभियानको थालनी गरेकी छिन् ।
कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगर ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन् ।
कल्पना ती स्कुल र वस्तीमा पुगेर बाल वालिकाहरुलाई वालविवाहको विषयमा जानकरी दिन पुगेकी हुन् । साथै उनले बालविबाहका नकारात्मक पक्षहरुका विषयहरुमा जानकारी दिंदै वालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन् ।
सगरमाथा चढ्दा वि.सं. २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको बालबिवाह रोकथाम अभियान गर्ने सगरमाथाको चुचुरोबाट उद्धघोष गरेकोले यो अभियानमा सहभागी भएको कल्पनाले बताइन् ।
उनले भनिन्, ‘राजधानीको गोदावरी नगरभित्र नै दनुवार जातीमा कुप्रथा रहेको पाएपछि अभियान सुरु गरेकी हुँ ।’
दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन् । यो समाजमा बालविवाह एवम् बहु विवाहको कुव्रथा प्रचलनमा छ । गरिबी जनचेतनाको अभाज जस्ता बाध्यात्मक कारण बाहेक सामाजिक सञ्जाललगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले उमेरै नपुगी परिवारको स्वीकृति विना पनि भागेर बालविवाह रहेको पाइन्छ ।
नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाती हो । नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार अधिराज्यभर दनुवारहरुको सड.ख्या ८४ हजार एक सय १५ रहेका छन् । नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन् ।
बिश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा नेपाल दक्षिणीतर्फबाट (सन् २०७५ जेष्ठ ९ गते) उत्तरी मोहोडा (तिब्बततर्फबाट सन् २०७६ जेष्ठ ९ गते) का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको बिश्व कीर्तिमानी राख्न कल्पना सफल बनेकी हुन् ।
यो अभियान कीर्तिमानी सगरमथा आरोही कल्पनाले संस्थाका थप साझेदार सामुदायिक विद्यालयहरुमा प्रभावकारी ढंगले अघि बढाउने बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्