Logo

७० वर्ष नाघेका ललितपुर नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिने एमालेको योजना


१५ वैशाख ०७९, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका मेयर पदका उम्मेदवार हरीकृृष्ण व्यञ्जनकारले ७० वर्ष उमेर पुगेका महानगरवासीलाई निःशुल्क स्वास्थ्य सुविधा प्रदान गरिने घोषणा गरेका छन् ।
नेकपा एमाले ललितपुर महानगर कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आसन्न निर्वाचनमा आफूहरु निर्वाचित भएसँगै ज्येष्ठ नागरिकका हितमा थुप्रै काम गर्ने धारणा राखेका हुन् ।
उनले भने, “ज्येष्ठ नागरिक राष्ट्रका ढुकढुकी भएकाले हामीले उहाँहरुको स्वास्थ्यलाई ध्यानमा राखी बिना शुल्क औषधीउपचारको व्यवस्था गर्ने निर्णय गरिसकेका छाँै ।” सो उमेरका नागरिकले केबल सन्तानको भर पर्नु पर्ने जानकारी गराउँदै उनले आवश्यक समस्यमा परिवारका सदस्यले आफ्ना कामकाजका बाबजुद आवश्यक समय सो उमेरका व्यक्तिलाई ध्यान दिन नसक्ने कुरालाई मध्यनजर गरी स्थानीय सरकारले सो जिम्मेवारी बहन गर्ने योजना बनाएको व्यञ्जनकारको भनाइ छ ।
यसैगरी सो महानगरपालिका उपमेयर पदका उम्मेदवार मञ्जली शाक्य (आस्था) ले प्रत्येक नगरवासीको समस्या समाधान गर्ने दायित्व नगर प्रमुखका साथै उपप्रमुखको समेत रहेको धारणा राख्दै महानगरमा स्वच्छ तथा सन्तुलित वातावरण कायाम गराउने बताइन् ।
महानगरको फोहरलाई मलमा परिवर्तन गर्नेछाँैः हरीकृष्ण व्यञ्जनकार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका मेयर पदका उम्मेदवार हरीकृृष्ण व्यञ्जनकारले महानगरबाट निस्कने फोहरलाई मलामा रुपान्तरण गर्ने लक्ष्य लिएको बताएका छन् ।
नेकपा एमाले ललितपुर महानगर कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो स्थानबाट उठ्ने फोहरलाई अन्य स्थानमा झण्डारण गर्न पठाउँदा रोग समेत बढ्ने कुरालाई मध्यनजर गरी आधुनिक प्रविधिको प्रयोग मार्फत खेतबारीमा प्रयोग गर्ने बस्तु बनाइने बताए ।
उनले भने, “हामीले नयाँ प्रविधि भित्र्याएर बसौँ वर्षदेखि रहेको समस्यालाई हल गर्ने योजना बनाएका छाँै । अब महानगरपालिकाको गल्लीमा कुनै दिन फोहर थुप्रेर रहने छैनन् ।” आसन्न निर्वाचनमा आफूहरु विजय पश्चात महनगरपालिकालाई नयाँ ढङ्गमा रुपान्तरण गर्ने भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्