Logo

गजुरीमा खाना पकाउने ग्याँस लिक भएर आगलागी, ३ जना घाइते

फाइल तस्बिर

१६ वैशाख ०७९, धादिङ । धादिङको गजुरीमा खाना पकाउने ग्याँस लिक भएर आगलागी हुँदा ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार गाउँपालिका १ गजुरी बजार बस्ने टोकमान श्रेष्ठको घरमा ग्याँस लिक भई बिहीबार बिहान आगलागी हुँदा टोकमान श्रेष्ठकी श्रीमती समेत ३ जना जलेर घाइते भएका छन् ।
। उनीहरूलाई गजुरी हस्पिटल हुँदै थप उपचारको लागि काठमाडौं टिचिङ अस्पताल पठाईएको प्रहरीले जनाकारी दिएको छ ।
आगलागीबाट घर भित्र रहेको फ्रिज, सिलिण्डर, जस्तापाता, भाडावर्तन, फर्निचर, सिसि क्यामेरा लगायत करिब १ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्