Logo

लेलेको पिआइए पार्क संरक्षणको अभावमा अस्तव्यस्त (तस्विरहरु)

१६ वैशाख ०७९, लेले । दक्षिण ललितपुरको लेले टिकाभैरवमा रहेको पिआइए पार्कमा केही बर्षसम्म घुम्नेहरुको चहलपहल राम्रो थियो । पछिल्लो समय संरक्षणको अभावमा यहाँ आउने क्रम घटेको छ ।


पार्कको प्रवशद्वारदेखि जहाँत्याही फोहोर बनाइएको छ । रु्रख भाँचिएको छ । गमला फुटाइएको छ । पार्कमा जहाँत्यही झार उम्रेर ढोकेको छ र फूलहरु सुकेर मरेका छन् ।
पार्कमा सुरक्षा गार्ड बसेका देखिदैनन । पार्क अनैतिक कृयाकलापको अखडा बन्दै गएको स्थानीयहरु गुनासो गर्दछन् ।


गोदावरी नगरपालिका क्षेत्रमा पर्ने यो पार्क नगरपालिकाको वेवास्ताका कारण अस्तव्यस्त बनेको हो । स्थानीय सरकारले संरक्षण गरेर टिकट राखेर चलाउन सके आम्दानी समेत हुने स्थानीय दिनेश थापाले बताए ।
उनले भने, ‘स्थानीय सरकारले यसलाई चासो देखाएको छैन । सार्वजनिक सम्पत्ती नास भइरहेको छ ।’


२०४९ असार १६ गते पाकिस्थानी एअरलाइन्स ललितपुरको भट्टेडाँडामा दुर्घटना भएको सम्झनामा निर्माण गरिएको हो ।


भट्टेडाँडाको सातकन्या मैरेमा यो पार्क निर्माण गर्न लागिएको भए पनि स्थानीयले निहान बनाउन नदिने भनेर विरोध गरेपछि यस ठाँउमा निर्माण गरिएको थियो । पछिल्लो समय गाँजा चरेस खाने र अनैतिक कृयाकलाप गर्ने युवा युवती आउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्