Logo

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

१६ वैशाख ०७९ काठमाडौं ।  शुक्रबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजार २ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ७ सय रुपैयाँ पुगेको छ।

चाँदीको भाउ भने शुक्रबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १३२० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्