Logo

ललितपुर ठेँचो बस्ने तामाङद्वय लाखौँ ठगी आरोपमा पक्राउ

१६ वैशाख ०७९, ललितपुर । ललितपुर ठेँचो बस्ने दुई जना वैदेशिक रोजगारीका नाममा ठगी आरोपमा पक्राउ परेका छन् । दुबई पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–५ का ललितपुर ठेँचो बस्ने ३३ वर्षीय विकास तामाङ र ६० वर्षका हरिबहादुर तामाङ रहेका छन् ।
उनीहरूले मोरङ रतुवामाई नगरपालिका ९ इटहराका काठमाडौं शान्तिनगर बस्ने २० वर्षका विक्रम मिश्रसहित ५ जनालाई भिजिट भिसामा दुबई जान प्रतिव्यक्ति एक लाख ९० हजारका दरले नौ लाख ५० हजार रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

दुबई पुगेपछि प्रतिष्ठित कम्पनी अल सायामा सेल्स म्यानको काम लगाई दिने र कम्तीमा मासिक तीन हजार दिराम तलब हुने प्रलोभनमा पारी रकम लिएर उनीहरू सम्पर्कविहीन भएका थिए।

ठगी गर्ने दुईजनाविरुद्ध वैदेशिक रोजगार विभागले पक्राउ गर्नका लागि कार्यालयलाई अनुरोध गरेपछि अनुसन्धानका क्रममा विकासलाई बिहीबार काठमाडौं चुच्चेपाटीबाट र हरिलाई शुक्रबार ललितपुरको जावलाखेलबाट नियन्त्रणमा लिइएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्