Logo

एमालेले ललितपुरमा खोल्यो खाता : एक वडा सदस्य निर्बिरोध विजयी


१७ वैशाख ०७८,ललितपुर । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एकजना महिला सदस्य निर्बिरोध भएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट ललितपुर महानगरपालिका ११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध भएकी हु ।
यद्यपी यसको आधिकारीक घोषणा निर्वाचन सकिएपछि मात्र हुनेछ । एक्लो उम्मेदवारी परेको कारण उनी निर्बिरोध भएकी हुन् । सो वडामा अन्यपार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएनन ।
नेपालको कानुन तथा संविधानले एक वडा एक दलित महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था गरेपनि सो वडामा दलित महिला सदस्यका लागि अन्य दलित महिलालले उम्मेदवारी दिएका छैनन ।
सो वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जनका र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिएका छन् । एमालेको तर्फबाट खाता खोलेपछि मेयरका उम्मेदवार हरिकृष्ण र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले ललितपुर महानगरमा निर्बिरोध भएकोमा खुसी खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्