Logo

दक्षिण ललितपुरको गिम्दीमा आगलागी

प्रतिकात्मक तस्बिर

१७ वैशाख ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाको गिम्दीमा आगलागी भएको छ ।
ललितपुरको बागमती गाउँपालिका ७ गिम्दी बस्ने ४० वर्षीय राजेश नेगीको घरमा आगलागी भएको हो ।
दिउँसो खाजा बनाउने क्रममा नजिकैको मट्टीतेलको भाँडोमा आगो सल्कन गई आगलागी भएको प्रहरीको भनाई छ । आगलागीपछि करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्