Logo

काठमाडौंको मुलपानी र कोटेश्वरमा चोरी


१६ वैशाख ०७९, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ७ मुलपानी नागेश्वर टोल केसी गाउँ बस्ने दिपक थापाको घरबाट कोही नभएको अवस्थामा ताला फोडेर सुनका विभिन्न गरगहना र नगद ६५ हजार रूपैयाँ समेत गरी करिब १७ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका ३२ कोटेश्वर मदन भण्डारी पार्क नजिक डेरा गरी बस्ने मोरङ बिराटनगर महानगरपालिका ७ घर भएकी २८ वर्षीया शर्मिला श्रेष्ठको कोठाबाट झ्यालको ग्रिल फोडेर प्रवेश गरी सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ९ लाख ८ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्