Logo

काठमाडौंको स्युचाटारबाट सालकको खपेटासहित २ जना युवक पक्राउ


१८ वैशाख ०७९,वैशाख । काठमाडौंको बाफलबाट सालकको खपटासहित युवकहरु पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ बाफल स्युचाटार पुल नजिकबाट करिब २ केजी ५ सय ४२ ग्राम तौल भएको सालकको खपेटा जस्तो देखिने बस्तु सहित बुढानिलकण्ठ नगरपालिका ८ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका ४ घर भएका ३४ वर्षीय जयराम तामाङ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा सालकको खपेटाको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्