Logo

निर्वाचन हुनुअघि उम्मेदवारकै मृत्यु


१९ वैशाख ०७९, रुपन्देही । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका ३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।
उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए । उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने उल्लेख गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्