Logo

निर्माणाधिन फस्ट ट्रयाकमा लोडर दुर्घटना : दुईजनाको मृत्यु


१९ वैशाख ०७९, हटेडौं । निर्माणाधीन निजगढ काठमाडौं द्रुतमार्ग (फास्टट्रयाक) मा लोडर पल्टिँदा दुईजना चिनियाँ नागरिकको मृत्यु भएको छ ।
बकैया गाउँपालिका ११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मृत्यु हुने दुवै चिनियाँ नागरिक भएको बताइएको छ । निर्माणाधीन फास्ट ट्रयाकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको हो ।
लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ । लोडरमा ५ जना चिनियाँ नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ । बाँकी ४ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्