Logo

मतदाताले ढोगे उम्मेदवारको खुट्टा (तस्विर)

२० वैशाख ०७९, बेनी । पछिल्लो समय राजनीतिक दलप्रति वितृष्णा पैदा हुँदा उम्मेदवारहरु गाँउ पस्न अप्ठ्यारो छ । मतदाताहरुको जनप्रतिनिधिहरुसँग अनेकौं प्रश्न मात्रै होइन आक्रोस छ ।
तर म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीको फुलडाँडामा गाउँपालिकामा एक उम्मेवारलाई मतदाताले ढोगेरै शुभकामना दिएका छन् । म्याग्दीका रघुगंगा गाउँपालिका ६ पाखापानीको फुलडाँडामा अध्यक्षका उम्मेदवार मिना विश्वकर्मालाई खुट्टा ढोगेर बधाई तथा शुभकामना दिँदै स्थानीय मतदाता । दुर्गम गाउँको दलित महिला गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेको भन्दै स्थानीयबासीले खुसी भएर ुखट्टा ढोगेर बिजयीको शुभकामना दिएका हुन् ।
यो तस्विर समाचार एजेन्सी राष्ट्रिय समाचार समितीका लागि कमल खत्रीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्