Logo

भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

२० वैशाख ०७९, काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।

यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्