Logo

बृद्ध पुर्वमन्त्री बुद्धीराज बज्राचार्य लौरो टेकेर ललितपुरमा एमाले उम्मेदवारको घरदैलो अभियानमा सहभागी


२० वैशाख ०७८,ललितपुर । ललितपुर महानगरपालिकाको २१ वर्ष लामो मेयरको वागडोर सम्हालेका मन्त्री समेत भइसकेका बुद्धीराज बज्राचार्य नेकपा एमाले ललितपुर महानगगरपालिका उम्मेदवारसंग लोरो टेकेर घरदैलो अभियानमा सहभागी भएका छन् । ८६ वर्षे बज्रचार्य मंगलबार बिहानैदेखि लोरो टेकेर ललितपुर महानगरपालिकाको २० नम्बर वडाका विभिन्न टोलमा मत माग्दै हिडेका हुन् ।
मेयरका उम्मेदवार हरीकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्य, वडाका अध्यक्षका उम्मेद्वार इन्द्रमुनी बज्राचार्य र वडा सदस्यका उम्मेदवारसहित आज बिहान घरदैलो अभियानमा लागेका थिए ।
५ वर्ष सम्म वडाअध्यक्ष र त्यसपछि मेयरको जिम्मेवारी सम्हालेका बज्राचार्यले एमालेलाई सहयोग गर्न घरदैलो अभियानमा सहभागी भएको हुन् । पुर्वमन्त्री बज्राचार्यले ललितपुर महानगरपालिकालाई सांस्कृतिक महानगर बनाउन एमालेको विजयी आवश्यक रहेको समेत बताएका छन् ।
पुर्वमन्त्री बज्राचार्यले भने,‘मैले हाम्रो भन्दापनि राम्रो उम्मेदवार जिताउन अभियानमा सहभागी भएको हुँ । उहाँ वडा नम्बर २० का स्थायीवासी हुनुहुन्छ ।’ उनले पद्मावती महाविहारमा आयोजित घरदैलो अभियानमा उनले आफ्नो साथ र समर्थन एमालेका उम्मेदवारसंग रहेको बताएका छन् ।
मेयरका उम्मेदवार ब्यञ्जनकारले ललितपुर महानगरपालिकालाई यो स्थानमा ल्याउन पुर्वमन्त्री एवं दुई दशक लामो मेयरपद सम्हालेका समाजसेवी बज्राचार्यको महत्वपुर्ण योगदान रहेको बताए । हाल उनी ललितपुर विकासको लागि समाजका अध्यक्ष छन् । उनको संस्थाको सहयोगमा महानगरभित्र करिब एक दर्जन बढी बिहार र सम्पदाको पुननिर्माण सम्पन्न भैसकेको छ ।
उपमेयरका उम्मेदवार मञ्जली शाक्यले उनको साथ,सहयोग र हौसलाले निर्वाचनमा जित हासिल गर्न सकिने बताइन् ।
उनले भनिन्,‘उहाकै कारण ललितपुर महानगरको विकास भएको हो । विश्वभरबाट परिचित पुर्वमन्त्री बज्राचार्यकै कारण ललितपुरलाई विश्वको नजरमा सम्पदाको शहर बनाउन मुख्य भुमिका रहेको छ ।’
वडा अध्यक्षका उम्मेदवार इन्द्रमुनी बज्राचार्यले पुर्वमन्त्री बज्राचार्य कारण समग्र ललितपुरका विकास सम्भव भएको तर्क राखे । ‘उनकै प्रेरणा र महानिर्देशनबाट हामीले यो निर्वाचनमा विजयी हासिल गर्नेछौ’ अध्यक्ष बज्राचार्यले भने । सो अवसरका पुर्वमन्त्री बज्रचार्यले मेयर, उपमेयर वडा अध्यक्ष र सदस्यलाई शुभकामना दिएको थिए ।

प्रतिक्रिया दिनुहोस्