Logo

हाँस्दै नाच्दै गोदावरी पस्दै एमालेका उम्मेदार गम्भिरको टोली ( तस्विरहरु)


ललितपुर खबर
२१ वैशाख ०७८, चापागाँउ । ललितपुर गोदावरी नगरपालिकामा एमालेका उम्मेदवार मोटा मोटा पुड्का पुड्का गम्भिर राना हाँस्दै जनताको घर दैलो चाहार्दै छन् । उनलाई साथ दिदै उपाध्यक्षकी उम्मेदवार रमि प्रधानांग,वडाध्यक्षका उम्मेदवार सुमन खड्का, नेताहरु तारा सञ्जेल,ज्योती सिलवाललगायतको टोली साथ दिइरहेका छन् ।


राना जनताको घर पुग्दा हासेर बोल्छन् । नमस्कार गर्छन । ख्यालठट्टा र रमाइलो गर्ने उनको स्वभाव छ । त्यसैले जनताको प्रश्नको सामना पनि उनी हाँसेरै स्वीकार गर्छन् ।
टोलटोलमा उनीहरुलाई स्वागत गर्न फूल, माला र खादा बोकेर सर्मथहरु बसेका भेटिन्छन् । ठाँउ ठाँउमा घडा राखिएको छ । सूर्यको तस्विर बनाइएको छ ।
उम्मेदवारका टोली गाँउ पसेर माइकमा गीत घन्काउछन् । उम्मेदवार गम्भिर रानालगायत सबै नाच्छन् । हाँस्छन् अनि रमाउछन् ।


उम्मेदवार गम्भिर राना भोट माग्ने काम रमाइलोसँग भइरहेको बताउछन् । भन्छन्, ‘जनताले हामीसँग प्रश्न थोरै र रमाइलो धेरै गरिरहेका छन् । सबैको समस्या बाटो राम्रो चाहियो भन्ने छ । हामी जितेपछि पुरा गर्छौं भनेका छौं ।’
उपमेयरकी उम्मेदवार रमि प्रधानांग जनताले साना साना समस्या राखिरहेको बताउछन् । ‘पक्कि सडक, खानेपानी,कृषि उपजका लागि बजार र रोजगारीजस्ता माग जनताले उठाएका छन् । हामी यी मागहरु विस्तारै पुरा गर्न सक्छौं ।’


उनी जनताको आफूहरुप्रति आक्रोस नरहेको बताउछन् । उनी भन्छिन्, ‘हामी यसअघि नगरको जिम्मेवारीमा थिएनौं । त्यसैले उहाँहरुको हामीसँग प्रश्न छैन रहेछ । हामीलाई उहाँहरुले शुभकामना दिनु भएको छ । सद्धाव व्यक्त गर्नु भएको छ ।’
०७४ सालको स्थानीय निर्वाचनमा उपमेयरकी उम्मेदवार समेत रहेकी नेतृ तारा सञ्जेल यसपल्ट निर्वाचनका एमालेको पक्षमा लहर देखेको बताउछन् । भन्छिन्, ‘जहाँ जान्छु एमालेको पक्षमा जनसमर्थन देख्छु ।’

प्रतिक्रिया दिनुहोस्