Logo

नेपालमा आज : चुनावी सभा र कार्यक्रम हुँदै

२२ वैशाख ०७९, काठमाडौं । आसन्न निर्वाचनका सन्दर्भमा आज देशभर विभिन्न कार्यक्रम हुँदैछन् । आज भरतपुरमा गठबन्धन दलको निर्वाचन सभा हुँदैछ भने प्रमुख प्रतिपक्ष दल एमाले नेता केप ीओलि कैली र कञ्चनपुर जाँदैछन् । आज देशभर हुने कार्यक्रमको यस्ता छन् ः

विश्व हिन्दु महासंघले मदनदासलाई सहयोग गर्ने
विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नाटयकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ । यस बारेमा जानकारी दिन महासंघले बिहीवार काठमाडौंमा कार्यक्रम गर्दैछ । कलाकार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका थिए ।
क्लव भलिबल हुने
छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल लिग प्रतियोगिता अन्तर्गत आज पाँच खेलहरु हुँदैछन । बिहीवार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने खेलमा महिलातर्फ दुई र पुरुषमा तीन खेलहरु हुनेछन । महिलातर्फको पहिलो खेलमा बिहान ८ बजे एपीएफ क्लव र एभरेस्ट भलिबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै महिलातर्फकै दोस्रो खेलमा न्यु डायमण्ड स्पोर्टस क्लव र नेपाल पुलिस क्लवबीच १० बजे प्रतिष्पर्धा हुनेछ ।
त्यस्तै पुरुषतर्फ पहिलो खेलमा गल्कोट स्पोर्टस क्लव र ढोरपाटन स्पोर्टस क्लवबीच मध्यान्ह १२ बजे प्रतिष्पर्धा हुँदैछ । दोस्रो खेलमा हेल्प नेपाल र नेपाल पुलिस क्लवबीच २ बजे र तेस्रो खेलमा एपीएफ क्लव र गण्डकी प्रदेशबीच ४ बजे खेल शुरु हुनेछ । लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।
नेपाली काँग्रेसको चुनावी सभा
नेपाली काँग्रेसले चितवनको भरतपुरमा चुनावी सभा गर्दैछ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरेर काँग्रेसले चुनावी सभा आयोजना गरेको हो । चुनावी सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नेछनेछ । सभामा सहभागी हुन प्रधानमन्त्री देउवा र नेता पौडेल बुधवार नै चितवन गएका थिए । चितवन महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादीकी रेणु दाहाल मेयरको उम्मेदवार रहेकी छिन् भने उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट मेयरमा विजय सुवेदी उम्मेदवार रहेका छन् । त्यस्तै नेपाली काँग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेता पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै यसअघि गृहमन्त्री बालकृष्ण खाँण चितवन पुगे पनि पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । चितवन गएको अवसरमा प्रधानमन्त्री देउवाले पनि नेता पौडेललाई भेटने कार्यक्रम रहेको छ ।
ओलीले सुदूरपश्चिमको चुनावी सभालाई सम्बोधन गर्दै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिमको चुनावी सभालाई सम्बोधन गर्दै छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर कैलाली र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन् । ओलीले कैलालीको बर्दगोरियामा आयोजना हुने चुनावी सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने र कैलालीको धनगढीमा अपरान्ह ४ बजेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
एआईजी पोखरेलको रिटमाथि आज सुनुवाई हुँदै
प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको विषयमा सर्वोच्च अदालतमा परेको मुददामा आज पनि सुनुवाई हुँदैछ । बुधवारको सुनुवाई नसकिएपछि बिहीवार सुनुवाई हुन लागेको हो । एआईजी विश्वराज पोखरेलले सरकारले ज्येष्ठतालाई मिचेर प्रहरी महानिरीक्षकमा कनिष्ठ धिरजप्रताप सिंहलाई नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि न्यायाधीश सुस्मालता माथेमाको इजलासमा सुनुवाई भइरहेको छ ।
निर्वाचन आयोगको पत्रकार सम्मेलन
निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दैछ । आयोगले अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । नियमित पत्रकार सम्मेलनको श्रृंखला अन्तर्गत आयोगले गत सोमवार यता निर्वाचनसम्बन्धी विषयमा गरेका निर्णयहरुको जानकारी गराउने छ । आयोगले हप्ताको सोमवार र बिहीवार पत्रकार सम्मेलन गर्दै आएको छ ।
स्वास्थ्य मन्त्रालयको छलफल
स्वास्थ्य मन्त्रालयले आगामी जेठ १ गतेबाट हप्ताको दुई दिन बिदा दिने भन्ने विषयमा छलफल गर्दैछ । मन्त्रालयको आन्तरिक छलफलमा सरकारले जेठ १ गतेबाट लागू हुने गरी हप्ताको शनिवार र आईतवार बिदा दिने निर्णयमा सरोकारवाला र विज्ञहरुसँग छलफल गर्न लागेको हो ।
सिर्जना सिंहको कार्यक्रममा बाबुराम र नारायणकाजी जाने
सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी नेतृ सिर्जन सिंहले स्थानीय निर्वाचन विशेष कार्यक्रम गर्दै छिन् । कार्यक्रमलाई पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भटटराई र नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्दैछन् । न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया दिनुहोस्