Logo

ललितपुर महानगरका एमाले उम्मेदवार हरिकृष्ण र मञ्जली जनताको घरदैलो जाने बाटो कठिन (तस्विरहरु)


२२ वैशाख ०७९, ललितपुर । ललितपुरको भैसेपाटीस्थित जनताको घर दैलोमा जाँदा ललितपुर महानगरका नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र मञ्जली शाक्यले सडकको बेहाल देखेका छन् ।


भैसेपाटीस्थित फुलवारीमार्गमा जनताको घरदैलामो जाँदा उम्मेदवारहरुले सडकको बेहाल अनुभव गरेका हुन् ।
नख्खु खोलाको आसपासको त्यो कच्ची अनि हिलाम्मे बाटो हिड्नै कठीन थियो । कतै व्लक राख्न निर्माण सामाग्री छरपस्ट थिए त कतै सडक बनाउने क्रममा डोजरले जोतर अपपत्र छोडेको अवस्था । भर्खर परेको पानीले सडक हिड्नै कठीन हिलाम्मे थियो ।


घरदैलोमा पुग्दा स्थानीय सडकको बेहालको गुनासो गर्थे व्यञ्जनकार अव पिच हुन्छ भन्दै आश्वासन बाड्दै अघि बढ्थे ।


घरदैलो जाँदा उम्मेदवारहरु चिप्लो अप्ठ्यारो खेतको गोरटोे बाटो छिचौल्दै अघि बढेका थिए ।
महानगरको भित्री सडकको बेहाल अवस्था उम्मेदवारहरुलाई देखाउन पाइयो भन्दै वरपरका रमिते खासखुस गर्दै थिए ।

 

प्रतिक्रिया दिनुहोस्