Logo

काठमाडौंको मनोहरा र कलंकीमा एक एक जना मृत फेला


२३ बैशाख ०७९, काठमाडौं । काठमाडौंको मनोहरा खोला र बलंकीको एक गेष्ट हाउसमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ मनोहरा खोलाको किनारमा काम थर नखुलेकी करिब ५५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
साथै काठमाडौं महानरगपालिका १४ कलंकीस्थित रामेछाप होटल एण्ड गेस्टहाउसमा सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका ५ घर भएका ३४ वर्षीय दावा पासाङ लामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मंगलबारदेखि उक्त गेस्टहाउसमा बस्दै आएका उनी सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्