Logo

काठमाडौंमा हुने केही कार्यक्रमहरु

२३ वैशाख ०७९, काठमाडौं । आसन्न स्थानीय निर्वाचनको सन्दर्भमा राजधानी काठमाडौं लगायत देशैभरि चुनावी सभा सम्मेलन र प्रचारका कार्यक्रमहरु जारी छन् । ती बाहेक आज राजधानीमा केही कार्यक्रमहरु हुदैछन् ।

गठबन्धनको सभा
आज राजधानीको भृकुटीमण्डपमा पाँच दलीय गठबन्धनको चुनावी सभा हुद्येछ । गठबन्धनका शिर्ष नेताहरुले सम्बोधन गर्ने यस सभामा उल्येख्य मानिसहरुको उपस्थित रहने अपेक्षा गरिएको छ ।
प्रजातान्त्रिक विचार समाजको कार्यक्रम
प्रजातान्त्रिक विचार समाजले स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्दैछ । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको संकल्प विषयक कार्यक्रम गर्न लागेको हो । कार्यक्रमलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सम्बोधन गर्नेछन् । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा देशभरका विभिन्न १० स्थानमा निर्वाचनमुखी कार्यक्रम गरिरहेको छ । कार्यक्रममा स्थानीय निर्वाचन २०७९ को बारेमा विभिन्न संकल्प, प्रतिवद्धता र योजनाको बारेमा विस्तृत छलफल हुने कार्यतालिका रहेको छ ।
नेपाल र जिम्बाबे ए खेल्दै
नेपालले आजबाट जिम्बाबे एबिरुद्ध तीन एकदिवसीय श्रृंखलाको पहिलो खेल खेल्दैछ । खेल बिहान ९ः३० बजे शुरु हुनेछ । यसअघि नेपालले तीन टि २० श्रृंखला खेलेको थियो । जसमा एकमा हार र एकमा जित निकालेको थियो भने एक खेल वर्षाका कारण प्रभावित रद्ध थियो । खेल त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । आज नेपाल जिम्बाबे एलाई पराजित गरेर श्रृंखलाको सुखद शुरुवात गर्ने योजनामा छ भने जिम्बाबे पनि नेपाललाई पराजित गर्दै सुखद नतिजाको खोजिमा मैदान प्रवेश गर्नेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय तयारीका स्वरुप नेपालले अध्यास गरिरहेको छ ।
क्लव भलिबलमा आज ४ खेल

राजधानीमा जारी छैटौं आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लव लिगमा आज ४ खेल हुँदैछन । त्रिपुरेश्वरस्थितराखेपको कभर्डहलमा शुक्रवार हुने खेलमा महिलातर्फ एक तथा पुरुषतर्फका तीन खेल हुनलागेका हुन । महिलातर्फको खेलमा न्यु डायमण्ड स्पोर्टस क्लव र एपीएफ क्लवबीच बिहान१० बजे प्रतिष्पर्धा हुनेछ । त्यस्तै पुरुषतर्फ पहिलो खेलमा हेल्प नेपाल र गल्कोटस्पोर्टस क्लवबीच मध्यान्ह १२ बजे प्रतिष्पर्धाहुनेछ भने दोस्रो खेलमा त्रिभूवन आर्मी क्लव र नेपाल पुलिस क्लवबीच दिउँसो २बजे प्रतिष्पर्धा हुनेछ । तेस्रो तथा आजको अन्तिम खेलमा एपीएफ क्लव र ढोरपाटनस्पोर्टस क्लवबीच प्रतिष्पर्धा हुनेछ । खेल अपरान्ह ४ बजे शुरु हुनेछ ।
परिपक्व पूँजी बजार सम्मेलन
नेपाल उद्योग वाणिज्य महासंघले परिपक्व पूँजी बजार सम्मेलन गर्दैछ । महासंघले पूँजी बजार सम्बन्धी एकदिने सम्मेलन गर्न लागेको हो । सम्मेलनमा नेपालको पूँजी बजार, अवसर र चुनौति, पूँजी बजारका उपकरणहरु, पूँजी बजारका लागि आवश्यक पूर्वाधार र कानूनि व्यवस्थाका बारेमा विस्तृ छलफल हुनेछ ।
राष्ट्रिय मौसम फोरमको कार्यक्रम
जल तथा मौसम विज्ञान विभागले राष्ट्रिय मौसम फोरम २०७९ कार्यक्रम आयोजना गर्दैछ । विभागले कार्यक्रममार्फत सरोकारवाला निकायहरुलाई आगामी मनसुन सिजनमा तापक्रम तथा वर्षाको ऋतुगत आँकलनको जानकारी गराइने बताएको छ । साथै सरोकारवाला निकायहरुले यस्ता सूचना कसरी प्रयोग गर्ने भन्ने बारेमा पनि छलफल हुनेछ । यस्ता कार्यक्रमहरुले सरोकारवालाहरुको आवश्यक्ता पहिचान गरेर विभागले सोही बमोजिमको सेवा प्रवाहका लागि योजना तर्जुमा गर्न र सरोकारवालाहरुलाइ पनि यस्ता सूचनाका बारेमा थप जानकारी हासिल गर्ने अवसर हुने बताएको छ ।
सिर्जना सिंहको चुनावी सभा
काठमाडौं महानगरपालिकाकी मेयरकी प्रत्यासी सिर्जना सिंहले चुनावी सभा कार्यक्रम गर्दै छिन् । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएकी सिंहले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर चुनावी सभा गर्न लागेकी हुन् । कार्यक्रममा सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
मौसम
आज देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आंशिकदेखि सामान्य बदली रहने भएको हो । अहिले देशको वागमती र गण्डकी प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी केही भूभागमा चटयाङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी आईतवारसम्म देशभर मौसममा आंशिकदेखि समान्य बदली हुने भएकोले केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्