Logo

सुनको भाउ ६ सय रुपैयाँले घट्यो

२३ वैशाख ०७८, काठमाडौं । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९८ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्