Logo

बेहुली लिन गएका बेहुला हिरासतमा


२४ वैशाख ०७९, काठमाडौं । बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन् । घटना झापाको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी हुन् ।
उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले न्युज कारखानालाई बताए । शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए ।
तर, दाइजो नदिए बेहुली नलाने भनेको खबरपछि गएको प्रहरीले चौधरीलाई पक्राउ गरिएको प्रवक्ता पाठकले बताए । चौधरीको घर झापा गाउँपाकिलाको वडा नम्बर – ४ मा छ ।
प्रवक्ता पाठकका अनुसार उनीविरुद्ध दाइजोसम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ । न्युज कारखाना

 

प्रतिक्रिया दिनुहोस्