Logo

लुकी लुकी तास खेल्ने बृद्धसहित ८ जना पक्राउ

स्केज : श्याम फुयाँल\ललितपुर खबर

२४ वैशाख ०७९, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट लुकी लुकी तास खेल्ने एक बृद्धसहित ८ जना प्रहरीले पक्राउ गरेको छ ।
प्र्रहरीका अनुसार काठमाडौं महानगरपालिका १७ क्षेत्रपाटीस्थित होटल गणेश हिमालको कोठा नम्बर ८०८ मा तास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका ५ सितापाईला बस्ने मुस्ताङ घुसाङ गाउँपालिका ३ घर भएका ६८ वर्षीय मिन बहादुर गुरुङ लगायत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनापछि प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८६ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्