Logo

लूनकरणदास गङ्गादेवी चौधरी पुरस्कार प्रदान

लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले मङ्गलबार राजधानीमा आयोजनन गरेको सम्मान कार्यक्रममा सहभागीहरू । लेन्स: नवीन पौडेल\रासस

२८ वैशाख ०७९,काठमाडौं । साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पु¥याउँदै आएका तीनजनालाई लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले आज पुरस्कृत गरिएको छ ।
प्राज्ञ एवं साहित्यकार उषा ठाकुरले आज यहाँ आयोजित एक कार्यक्रममा तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पु¥याउँदै आएका प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान गरेका न्हुच्छेबहादुर डङ्गोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान गरेका छन् ।
उनीहरू तीनैजनालाई जनही रु एक लाख ५१ हजार राशिको पुरस्कार साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्