Logo

भक्तपुरको जगाती नाका भएर बाहिरिए हजारौं मतदाता

 मतदाता लिएर गाउँतर्फ जाँदै गरेको सवारी साधनको लर्को शहरमा पेशाव्यवसाय गरी बस्दै आएका मतदाताहरु वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन–२०७९ को लागि मतदान गर्न मतदाताहरु लिएर गाउँतर्फ जाँदै गर्दा बुधबार अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोकको बनेपामा देखिएको सवारी साधनको लर्को । तस्वीर : पेमा लामा\रासस

२८ वैशाख ०७९, भक्तपुर । काठमाडौं उपत्यकाको पूर्वी नाका भक्तपुरबाट बुधबार हजारौं मतदाताहरु बाहिरिएका छन् । अरनिको राजमार्ग प्रयोग गरेर जिल्लाका विभिन्न ठाउँंहरूमा डेरा गरी बस्ने मतदाताहरू अरनि राजमार्गअन्तर्गत जगाती नाका हुँंदै बाहिरिएका हुन् ।
आ–आफनो घर जानका लागि मतदातहरू बुधबार बिहानदेखि ठाउँंठाउँंमा भेला भएर बसेका देखिन्थे । यो क्रम बुधबार दिनभर देखियो । भक्तपुरबाट अरनि तथा विपी राजमार्ग भएर देशका पूर्वी जिल्लाहरूमा जान सकिन्छ ।
काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीसहित प्रदेश १ र मधेश प्रदेशका जिल्लामा जाने मतदाताहरू भक्तपुरको नाका भएर बुधबार बाहिरिएका हुन् । जगाती नाका भएर बुधबार नौ सय दुई वटा सवारीसाधनबाट १७ हजार ६९ यात्रु बाहिरिएको जिल्ला टाफिक कार्यालय सल्लाघारी भक्तपुरले जनाएको छ ।
शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बिहीबार पनि भक्तपुरसहित काठमाडौँ उपत्यकाबाट हजारौँ यात्रु बाहिरिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्