Logo

अस्ट्रेलियामा बुद्धको जन्मबारे भ्रमपूर्ण अभिलेख सच्याएपछि सम्मान


२९ वैशाख ०७९, अस्ट्रेलिया । अस्ट्रेलियामा बुद्धको जन्मबारे भ्रमपूर्ण अभिलेख सच्याएपछि भिक्टोरियाका निर्देशक इयान ग्रिनलाई सम्मान गरिएको छ ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अबस्थितको हाताभित्र ७ बर्षिया छोरी बृस्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्यु भएकोले आफ्नी दिबंगत छोरीको संझनामा उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठद्धारा गणेश मन्दिर निर्माण गरेका थिए । यो नेपालीद्धारा भिक्टोरियामा बनाइएको पहिलो मन्दिर हो । मन्दिर परिसरमा लुम्बिनी कपिलवस्तु विश्व अभियानद्धारा लाख बत्ती बालेर विश्व शान्तिको कामना गर्दै मनाइएको २६४६ औं वुद्ध जयन्ती कार्यक्रममा वुद्ध भारतमा जन्मएको भनी लेखिएकोमा अभियानद्धारा गरिएको पत्राचारपछि सच्याएर नेपाल भनी उल्लेख गरेकोमा निर्देशक इयान ग्रिनलाई अभियानद्धारा प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरिएको हो ।
निर्माण प्रकृया चलिराखेको २.५ मिटर अग्लो विश्वकै सबैभन्दा ठूलो रत्न गुणस्तरको वुद्ध मूर्ति राखिएको छ । निर्माणपछि पश्चिमकै सबैभन्दा ठूलो बुद्धिस्ट स्मारक हुने र संभवत दक्षिण गोलार्धकै सबैभन्दा ठूलो बुद्धिस्ट मन्दिर रहेको आकलन गरिएको छ । यो मन्दिरमा अहिले नै दैनिक ६ सय देखि ७ सयसम्म आगन्तुक आउने गर्दछन् भने वुद्ध जयन्तीको समयमा हजारौं दर्शनाभिलाषीह? आउने गर्छन ।
बेन्डिगोमा गणेश मन्दिर बनेपछि बेन्डिगोबाट हिन्दू मन्दिरको लागि मेलबर्न जानपर्ने समस्या हटेको छ भने हिन्दू परंपराका कार्यक्रम यही गणेश मन्दिर परिसरमा गर्न सकिने भएको छ ।
सोही कार्यक्रममा प्रो एलिजाबेथ ह्यारिश, प्रो जियोफ्री हन्ट, डा पौल इनग्राम, डा महिन्दा डीगाले, डा किशोर बैद्य र प्रो हिसाओ इनागाकीद्धारा संयुक्त ?पमा लेखिएको पुस्तकको पनि बिमोचन गरिएको थियो । पुस्तक बिमोचनको सन्दर्भमा निर्देशक इयानले जीवनलाई अर्थपूर्ण र सम्पन्न बनाउन बुद्धिज्मसम्बन्धी अध्ययनको महत्वबारे प्रकाश पारे ।
प्रियंका प्रधानद्धारा सन्चालित सो कार्यक्रममा बेन्डिगोबाट करीब १५३ किमी दूरीमा रहेको मेलबर्नबाट करीब ८० जनाको उपस्थितिमा कार्यक्रमको लागि ३ घण्टाको ड्राइभिङ गरेर आउने समेत थिए र कार्यक्रमको समाप्तीपछि कार्यक्रममा उपस्थित बिदेशी सहित सबैले ८० बर्षकी दिलमाया श्रेष्ठ (कान्छी) को हातको टीका ग्रहण गरी आशिर्बाद ग्रहण गरे ।

प्रतिक्रिया दिनुहोस्