Logo

धापाखेलमा करेन्ट लागेर एक युवकको मृत्यु


२९ वैशाख ०७९, धापाखेल । ललितपुर महानगरपालिका २४ घापाखेल बस्ने सिराहा सररे घर भएका २६ वर्षीय भिम बिकको करेन्ट लागेर मृत्यु भएको छ ।
धापाखेल नै बस्ने नारायण घिमिरेको निर्माणाधिन ३ तले घरको माथिल्लो तलामा डण्डी फर्माको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लगनखेलस्थित पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएकोछे ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्